आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका « Khabarhub

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला जलिरहेको शवबाट हड्डी र मासु भागको डल्लो निकालेर बेचेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शव जलाउने काम गर्दै आएका एक व्यक्ति गणेश ढकाल (घाटे) काम र अन्त्येष्टिमा दाउरा उपलब्ध गराउने अर्का व्यक्ति रहेका गौशाला प्रहरी वृत्तले जनाएको छ । उनले काभ्रेको बनेपा नगरपालिका-९ का राम शाहीको जल्दै गरेको शरीरबाट हड्डी र मासुको भागको डल्लो निकालेर बेचेको खुलेको छ।

हड्डी निकालिएको यो घटना साउन २३ गते (शुक्रबार) भएको हो । प्रहरीका अनुसार दुवैजनाले अन्त्येष्टि भइरहेको अवस्थामा जलिरहेको शवबाट एउटा हड्डीको टुक्रा निकालेर बेचेका थिए ।

तर हड्डी निकाल्नेबित्तिकै शाहीका आफन्तहरू र परिवारजनका सदस्यको उजुरीका आधारमा दुवैजना पक्राउ परेका हुन्। प्रहरीका अनुसार ढकालले उक्त हड्डी र मासुको भागको केही डल्लो जोगीको भेषका एकजना व्यक्तिलाई ५ सय रुपैयाँमा बेचेका थिए ।

उनीहरूलाई अहिले गौशाला प्रहरी वृत्तमा राखिएको छ । प्रारम्भिक रूपमा उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको गौशाला प्रहरी बृत्तका डीएसपी सुकदेव मल्लले बताएका छन् ।

यो घटना प्रहरीका लागि पनि असामान्य र नौलो भएको छ। आर्यघाटबाट हड्डी चोरी र बिक्रीको घटना सार्वजनिक रूपमा यसअघि दर्ता भएको थिएन।

प्रहरीले हड्डी कहाँ र कसलाई बिक्री गरिएको हो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार उक्त हड्डी अघोरी बाबालाई बेच्न निकालिएको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

अघोरी बाबाले मानिसको हड्डी र मासुको डल्लो मसान जगाउन प्रयोग गर्ने गरेको बताइन्छ । अघोरीहरूले आर्यघाटबाटै मानिसको शरीरको हड्डी र मासु लिन त्यहाँ कार्यरतहरूलाई प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ३ : १९ बजे

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री

क्यान्सर औषधि सहज उपलब्ध हुने

काठमाडौं– विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने

आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन