मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो  « Khabarhub

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । 

गत आवमा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ४८.२९ प्रतिशत बढी हो । लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थियो । 

गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशत, कमिसन आम्दानी १.२३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.४८ प्रतिशत बढेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको वित्तीय विवरणमा देखिएको छ ।

लघुवित्तको १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । लघुवित्तले जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

 लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ३ : ५६ बजे

भेपमा सुन तस्करी : पूर्वसभामुख महरा र छोरा राहुल मुख्य योजनाकार, कर्मचारीदेखि व्यापारीसम्मलाई मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित