मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो  « Khabarhub

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा ४८ प्रतिशतले बढ्यो 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । 

गत आवमा लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ४८.२९ प्रतिशत बढी हो । लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थियो । 

गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानी १९.१३ प्रतिशत, कमिसन आम्दानी १.२३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.४८ प्रतिशत बढेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १९ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ३१ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ११ पैसा रहेको वित्तीय विवरणमा देखिएको छ ।

लघुवित्तको १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । लघुवित्तले जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

 लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ अर्ब १८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ३ : ५६ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ