नारायणकाजीले एकताको कुरा झिकेपछि झलनाथले भने : दुई दलमात्रै होइन, सबै कम्युनिस्ट मिल्नुपर्छ « Khabarhub

नारायणकाजीले एकताको कुरा झिकेपछि झलनाथले भने : दुई दलमात्रै होइन, सबै कम्युनिस्ट मिल्नुपर्छ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको कलहबीच सम्मानित नेता झलनाथ खनालसँग नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार भेटवार्ता गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका थिए । शनिबार मात्रै सम्मानित नेता खनाल र अध्यक्ष नेपालबीच पछिल्लो समय देखि‌एको विवादबारे आलोकनगरमा वार्ता भएको थियो ।

दुई नेताबीच पार्टीमै संकट ल्याउने गरि संघर्ष चलिरहँदा पछिल्लो समय वाम एकता गर्न खोजिरहेका श्रेष्ठले डल्लुस्थित निवासमा पुगेर खनालसँग लामो संवाद गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको विग्रहबारे र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बाउने उपायबारे कुराकानी भएको सम्मानित नेता खनालको सचिवालयले जनाएको छ।

दुई नेताबीच अबको अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई अगाडि बढाउन कार्यनीति र सम्भावित बाटाहरूबारेमा पनि छलफल भएको बताइएको छ ।

भेटवार्ताका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रसंग पनि झिकेका थिए । तर खनालले आफू समग्र वामपन्थी एकताको पक्षमा रहेको जवाफ दिएका छन् ।

श्रेष्ठले पार्टी एकताको कुरा झिके पनि खनालले भने सबै कम्युनिस्टलाई मिलाउनु आजको आवश्यकता भएको बताएका थिए ।

‘कसरी कम्युनिस्टहरूलाई एकताबद्ध गराएर अगाडि लान सकिन्छ भन्नेबारे कुरा भएको छ’, खनालको सचिवालयले भनेको छ, ‘राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति जटिलका साथ अगाडि बढिरहेको अवस्थामा ती कुराहरूमाथि यो भेटघाटमा दुई नेताबीच विशेष छलफल भएको छ ।’

दुवै नेताले यो छलफललाई प्रारम्भिक भनेका छन् । ‘यो छलफल प्रारम्भिक रहेकाले निरन्तर अगाडि बढाइरहने सहमति भएको छ’, खनालको सचिवालयले भनेको छ, ‘अहिले पार्टीको एकताबारे खास कुरा भएन। समग्र वाम आन्दोलनबारे कुराकानी भयो। तर कुनै खास पार्टीबीचको एकताबारे कुराकानी भएन ।’

पछिल्लो समय नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताका लागि जोड गरिरहेका छन् ।

विप्लव नेतृत्वको नेकपासँग त माओवादीले एकता गर्ने निर्णय नै गरिसकेको छ। यस्तोमा विप्लव नेतृत्वको नेकपाले भने अहिले माओवादीसँग एकता गर्न नसकिने बताएको छ । उता एकीकृत समाजवादी भने आन्तरिक किचलोमा परेकाले प्रचण्डको योजना तत्कालै पूरा हुने सम्भावना क्षीण छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ४६ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित