ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

झापाका लागि खेलको ७७औँ मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए । 

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल हुने छ । शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । 

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा