पाकिस्तानले अफगानिस्तानसँग जोडिएको नाका बन्द गरेपछि स्थानीय चिन्तित « Khabarhub

पाकिस्तानले अफगानिस्तानसँग जोडिएको नाका बन्द गरेपछि स्थानीय चिन्तित


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले अफगानिस्तानको खोस्त प्रान्तसँग जोडिएको गुलाम खान सीमा नाका बन्द गरेको छ । यससँगै दुई मुलुकबीच व्यापार तथा सीमापार सम्बन्धमा गम्भीर असर पर्ने चिन्ता बढेर गएको छ ।

खामा प्रेसका अनुसार पाकिस्तान सरकारको यो कदमले स्थानीय व्यापारीहरू र सीमावर्ती समुदाय प्रभावित भएका छन् । यो नाकालाई दुई देशबीच व्यापार र आवागमनको लागि महत्वपूर्ण मानिन्छ ।

यसअघि ‘टोकन’ प्रणालीमार्फत् बिरामीहरू जस्ता निश्चित व्यक्तिहरूलाई पूर्ण यात्रा दस्तावेज बिना सीमा पार गर्न अनुमति दिँदै आएको थियो । यद्यपि अहिले भने त्यो पनि बन्द भएको जनाइएको छ ।

सीमा बन्दले विशेषगरी सामान ढुवानीमा बाधा पुगेको छ । व्यापारीहरूले यो कदमले आपूर्ति शृंखलामा अवरोध र मूल्यवृद्धि निम्त्याउन सक्ने चेतावनी दिएका छन् । साथै, स्थानीय बासिन्दाहरूले आफ्ना आफन्तहरूसँगको सम्पर्क र आधारभूत वस्तुहरूको पहुँचमा कठिनाइ भएको गुनासो गरेका छन् ।

पाकिस्तान सरकारले सुरक्षा चिन्ता र सीमा नियन्त्रणमा कडाइ गर्न यस कदम चालेको जनाएको छ । यद्यपि विश्लेषकहरु भने यो निर्णयले दुई छिमेकी देशबीचको सम्बन्धमा तनाव बढाउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ७ : ५९ बजे

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई