पाकिस्तानमा पोलियोका बिरामी बढ्दै « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगका बिरामी बढ्दै गएका छन् । यस वर्षमात्र पाकिस्तानमा हालसम्म यस रोगका १८ जना बिरामी भेटिएका छन् ।

पाकिस्तान पोलियो उन्मूलन कार्यक्रम पीपीईपीले हालसम्म देशभर १८ जनामा पोलियो भाइरस पोजिटिभ केस फेला परेको घोषणा गरेको छ । यो केस खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ जिल्लाका एक जना बालकमा पुष्टि भएको हो ।

पीपीईपीका अनुसार डेरा इस्माइल खाँ पोलियोको लागि जोखिमपूर्ण सात जिल्लाहरूमध्ये एक हो । पोलियो रोग लागेका बालबालिकामा पक्षाघात हुने गर्छ ।

पोलियोको कुनै उपचार नभएकाले केवल रोकथाम मात्र सम्भव छ । पोलियो उन्मूलनका लागि पाकिस्तान सरकारले बारम्बार खोप अभियान सञ्चालन गर्दै आएको छ ।

यद्यपि पाकिस्तानका कतिपय समुदायले आफ्ना बालबालिकालाई पोलियो खाप दिन अस्वीकार गर्दै आएका छन् । पाकिस्तानमा पोलियो खोप अभियानमा संलग्न सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीलाई लक्षित गरी आक्रमणका घटना पनि हुने गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ५२ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको