टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने « Khabarhub

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा परिवर्तन भएको छ। बलर ललित राजवंशीकी आमाको निधन भएपछि उनको स्थानमा साहब आलम टोलीमा समावेश भएका छन्।

नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्काका अनुसार ललितको आइतबार मोरङस्थित घरमा आमाको निधन भएपछि तत्कालीन निर्णयअनुसार साहबलाई टोलीमा बोलाइएको हो।

नेपाली टोली अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुने सिरिजका लागि जाँदैछ। यो सिरिज नेपालका लागि अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोट प्रतियोगिताको तयारीको हिस्सा हो।

डार्विनमा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ। त्यसपछि १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबर्ट हुरिकेन्स, २० मा मेलबर्न र २२ मा पाकिस्तान साहिन्सासँग भिड्ने तालिका रहेको छ।

अस्ट्रेलियाको सिरिजपछि नेपाली टोली सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ र त्यसपछि ओमानमा हुने विश्वकप छनोटका लागि प्रस्थान गर्नेछ।

१६ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, उप–कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम रहेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : १४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि