आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन कृष्ण पक्षको तृत्तिया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १० तारिख। आज तृत्तिया श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। कुनै परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। मन प्रशन्न हुनेछ। खर्चभन्दा आम्दानी धेरै हुनेछ।

वृष : दिन सामान्य छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा भने समस्या आउन सक्छ। शत्रु बढ्नेछन्। राजनीतिक क्षेत्रमा भने संगठन बलियो हुनेछ। परिवारमा धोका प्राप्त हुनसक्छ। विदेशको भन्दा स्वदेशको लगानीमा केही शान्ति मिल्नेछ।

मिथुन : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी हुने दिन छ।

कर्कट : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपमा हुनुपर्ने दिन छ। पश्चिमको लामो यात्रामा ननिस्कनु होला। खानामा अरुची बढ्नेछ। शत्रु बढ्नेछ।

सिंह : दिन सामान्य छ। मनमा शंका उब्जनेछ। बिहान उठेर पन्छीलाई दाना दिने वा पिपलको दर्शन गर्नु उपयुक्त हुनेछ। आफन्तलाई ठूलो विश्वास नगर्नुहोला। आफ्नो निर्णय आफै गर्नुहोला।

कन्या : दिन राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले समेत तपाईंको प्रशंसा गर्नेछन्। मिष्ठान्न भोजन मिल्नेछ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

तुला : दिन सामान्य छ। आफ्नो अनुकुलताको लागि तपाईंको प्रयोग गर्नेहरु धेरै छन्। कुरा काट्नेहरु बढ्नेछन्। आम्दानीका स्रोत भेटिनेछन्। मन खुसी हुनेछ।

वृश्चिक : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।

धनु : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। सामाजिक क्षेत्रमा अप्ठ्यारा आइलाग्नेछ। शत्रु बढ्नेछन्। प्रशंसा गर्ने बढ्नेछन्।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। बन्धुसँगको सहकार्यमा गरेको व्यापारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।

मीन : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ०९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको