जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव « Khabarhub

जेन-जीको बैठक : सुशीला कार्कीलाई नेता स्वीकारेर अन्तरिम सरकार बनाउने प्रस्ताव


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब चार घण्टादेखि जारी जेन-जी समूहको जुम बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालका लागि नेतृत्वमा स्वीकारेर जाने निष्कर्षतिर पुगेको छ ।

जेनजीको पुस्ताको भर्चुअल बैठकमा प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै गन्ध आउन नहुनने चर्चाबीच हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा स्वीकारेर जाने निष्कर्ष निकाल्न लागिएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने बताएका थिए ।

जुम बैठकमा जेन-जीले निष्कर्षसहित भने, ‘पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ । त्यससपछि बालेनन्द्र र सागर ढकालहरू पनि हुनुहुन्छ । हहिलेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सुशीला कार्की ठिक हुनुहुन्छ।’

भर्चुअल बैठकमा उनीहरूले अहिलेलाई पूर्वप्रधानन्यायाधीश कार्कीभन्दा अर्को सक्षाम व्यक्ति नरहेको पनि बताएका छन् । ‘सुशीला कार्कीङ्को नाममा नोटिस निकालौँ । सुशीला कार्कीको नाम डन भयो, अनाउन्स गरौँ ।’

जेन-जीले छलफलमा सर्वमान्य एजेन्डा हुनुपर्ने अडान लिएका थिए । नेतृत्व पनि सबैले पत्याउने हुनुपर्ने बताएका थिए । यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न भनेको खुलेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : ०० बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर