अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी « Khabarhub

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको धारणा बुझ्नेबारे छलफल भएको छ।

जेन-जी समूह अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोडनजिक पुगे्का छन् । तर उनीहरूले यो निचोड निकाले पनि हालसम्म कार्कीसँग सवाद हुन सकेको छैन ।

उनले अन्तरिम सरकारको नेतृत्व लिन्छिन् या लिन्नन् भन्नेबारेमा जेन-जी समूहले धारणा बुझ्न लागेका हुन् । अहिले जेन-जी पुस्ताका केही नेता कार्कीको धारणा बुझ्न टेलिफोन संवादमा छन् ।

कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेन-जी समूह करिब करिब एकमत भएको देखिान्छ । जेन-जी समूहले प्रधान सेनापति सिग्देलसँग वार्ताका लागि कार्कीलाई अगाडि बढाउन चाहेको देखिन्छ । तर हालसम्म कार्कीसँग संवाद नभएकाले धारणा बुझ्न लागएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने सहमति जुटाएका छन् ।

जुम बैठकमा जेन-जीले कार्कीलाई स्वीकारेर जान सकिने त्यससपछि बालेनन्द्र साह र सागर ढकालहरू पनि विकल्प हुन सक्ने बताएका थिए । तर अहिलेलाई सबैभन्दा उपयुक्त पात्र कार्की नै रहेको निचोड निकालिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : २४ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी