कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो « Khabarhub

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व अझ बढी जवाफदेही, सहभागी र लोकतान्त्रिक हुनुपर्ने सन्देश दिएको बताएको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बिहीबार विज्ञप्ति जारी गरेर पार्टी नेतृत्व अब झनै अझ बढी जवाफदेही, सहभागी र लोकतान्त्रिक हुनुपर्ने बताएका हुन् ।

‘अबको नेतृत्व शैली अझ बढी जवाफदेही, सहभागी र लोकतान्त्रिक हुनुपर्छ भन्ने सन्देश पनि यो आन्दोलनले दिएको छ,’ उनले भनेका छन् ।

सभापति पुनले पार्टी नेतृत्वले अब महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र साधारण सदस्यहरूसँग नियमित संवाद गर्दै उनीहरूको सुझावलाई नीतिगत निर्णयमा समेट्नु पर्ने आवश्यकता पनि औल्याएका छन् ।

‘यही बाटोले मात्र कांग्रेसलाई फेरि जनतासँग नजिक पु¥याउन सक्ने छ,’ उनको भनाइ छ, ‘अहिलेको यस बदलिँदो परिस्थितिमा हामीले पार्टीको मूल विचार र आम नागरिकप्रतिको जिम्मेवारीलाई अझ गहिरो रूपमा आत्मसात गर्नुपर्ने देखिन्छ ।’

लोकतन्त्रलाई अझ मजबुत बनाउन, नागरिकको अधिकार र कर्तव्यलाई सन्तुलित ढंगले सुनिश्चित गर्न, सुशासन र जवाफदेहीतामा जोड दिन तथा समावेशी राज्य निर्माणका लागि पार्टीले आफ्नो धारणा निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता रहेको पनि पुनको भनाइ छ ।

विकासका खाकाहरू र पार्टीले सरकारको नेतृत्व गर्दा कस्तो राज्य निर्माण गर्ने भन्ने कुरामा समेत पार्टीको अर्थनीति, सामाजिक न्याय र समान अवसरको दृष्टिकोणमा स्पष्ट मार्गचित्र निर्माण गर्नु पर्ने देखिएको उनले उल्लेख गरेका छन् ।

जेन–जी आन्दोलनमा घुसपैठ भइरहेको प्रत्यक्ष देखिएको उनको दाबी छ । ‘आफूलाई नयाँ शक्तिको नाम दिने पार्टी समेत जेल तोड्ने कामलाई प्रश्रय दिएको र अन्य केही राजनीतिक दलहरू समेत आफ्नो केही निहित स्वार्थ पूरा गर्न लागेको देखिएकोले देशका सम्पूर्ण जिम्मेवार पार्टीका साथीहरूलाई संयमित भई यस्ता क्रियाकलापहरूलाई निरुत्साहित गर्न अनुरोध गर्दछु,’ सभापति पुनले भनेका छन् ।

हिन्दुहहरूको आस्थाका केन्द्र पशुपतिनाथ मन्दिरमा गर्न खोजिएको तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको क्षति तथा लुटपाट र पार्टी सभापति शेरबहादुर देउवालगायत विभिन्न पार्टीका नेताहरू, व्यापारी र सर्वसाधारणमाथि अमानवीय व्यवहार गरिएको भन्दै पुनले भत्र्सना गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : ४९ बजे

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै