अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन « Khabarhub

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

‘अन्तरिम सरकार गठन गर्न अविलम्ब संसद् विघटन गर्न माग’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम चुनावी सरकारको नेतृत्व दिनुपर्नेमा समर्थन गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले जेन–जीले अघि सारेको प्रस्तावलाई पूर्ण समर्थन जनाएको जानकारी दिएका हुन्। उनले युवा पुस्ताको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्दै देश नयाँ चुनावतर्फ अघि बढ्नुपर्ने बताए।

“देश अहिले फरक परिस्थितिबाट गुज्रिरहेको छ। अब अन्तरिम सरकार बन्नेछ, जसको मुख्य काम चुनाव गराउनु र देशलाई नयाँ जनादेश दिलाउनु हो। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्ने प्रस्तावलाई म पूर्ण समर्थन गर्दछु,” मेयर शाहको स्टाटसमा उल्लेख छ।

शाहले तत्काल नेतृत्वमा आउन चाहनेहरूलाई जोश र इमानदारीतालाई दीर्घकालीन रुपमा उपयोग गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, “तपाईँहरूको योगदान देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव हुनेछ, कृपया हतार नगर्नुहोस्।”

त्यसैगरी उनले राष्ट्रपति समक्ष संसद विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्। जेन–जीको ऐतिहासिक आन्दोलनले ल्याएको परिवर्तनलाई संरक्षण गर्न यस कदम आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १० : २६ बजे

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत