तत्काल उचित निकास दिन तरुण दलको आग्रह « Khabarhub

तत्काल उचित निकास दिन तरुण दलको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा र विनाशका घटनाबारे गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, अमनचयन र सार्वजनिक सम्पतिको सुरक्षा सुनिश्चित गर्दै उचित निकास दिन सरोकारवालासँग आग्रह गरेको छ।

तरुण दलका अध्यक्ष फेस्ट विद्वान गुरुङको नेतृत्वमा जारी विज्ञप्तिमा भदौ २४ गते भएका घटनामा विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको मृत्युप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै घाइते पत्रकार, प्रहरी, विद्यार्थी र युवाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “अदरणीय शेरबहादुर देउवा र डा. आरजु राणाज्यूको निवासमा साङ्घातिक आक्रमण हुनु नियोजित हत्याको प्रयास हो। उहाँहरूको रक्षार्थ अग्रपंक्तिमा उभिएर सुरक्षित स्थानमा पुर्याएर उपचारमा सहयोग गर्ने हृदययुक्त योद्धाहरूलाई नेपाल तरुण दलले हार्दिक सम्मान गर्दछ।”

पत्रमा आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका महत्वपूर्ण संरचनाको क्षतिले देशको सुरक्षा र अर्थव्यवस्थामा गम्भीर असर परेको उल्लेख छ। यस परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र संविधानको मर्म र भावनालाई आत्मसात गर्दै देशलाई निकास दिन आवश्यक भएको विज्ञप्तिमा जोड दिइएको छ।

नेपाल तरुण दलले देशभरका तरुणहरूलाई “सर्वोच्चता, अखण्डता र सामाजिक एकताको रक्षार्थ एकताको सूत्रमा बाधिनु जरूरी” भएको बताउँदै लोकतन्त्रको मूल्य र सार्वजनिक सम्पतिको संरक्षण सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : २९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग