सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला « Khabarhub

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

देउखुरी– पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन् । घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला कृषक समूहले सामूहिक खेती गरेर मनग्य आम्दानी गरेका छन् । 

घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन्। 

उनले भनिन्, ‘सोही वडामा २५ कट्ठा जमिन भाडामा लिएर आलु र  प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ, दुईवटा टनेल बनाएर तरकारीखेती गरेका छौँ ।’ कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ । 

सोही कार्यालयले २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उनले बताइन्। समूहमा आबद्ध भएपछि सरकारी कार्यालय र अन्य कार्यालयमा केके कार्यक्रम आउँछन्, त्यसका बारेमा जानकारी हुने गरेको र अनुदानका लागि फारम भरेको उनले बतााइन्।

समूहका अध्यक्ष देउकुमारी चौधरीले आफ्नो र भाडामा लिएको जमिनमा  सामूहिक खेती गरेको बताए। घरको जमिनमा गरेको खेती घरमै राख्ने तर सामूहिक गरेको खेतीको आम्दानी समूहमा राख्ने गरेको बताइन्। गत वर्ष सामूहिक खेती गरेको धान बिक्री गरेर रु ६० हजार, आलु बिक्रीबाट रु २० हजार, ब्रोकाउली  बिक्रीबाट रु १२ हजार १५०, तरकारीका बेर्ना बिक्रीबाट आठ हजार ३००, काउली बिक्रीबाट चार हजार ५००, प्याजको बेर्ना बिक्रीबाट तीन हजार, गहुँ बिक्रीबाट रु १२ हजार आम्दानी भएको उनले बताइन्। 

समूहमा काम गर्न थालेपछि रु एक लाख १९ हजार ९५० आम्दानी भइसकेको छ उनले भिनन्। पन्ध्र क्विन्टल प्याज थियो, त्यो बिक्री भइरहेको छ । सामूहिक खेती गर्न धेरै सजिलो भएको छ, समयमा खेताला नपाइने र जनशक्ति कम भएका बेला सामूहिक खेतीले सहज भएको उनको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर बनाउन १० लाख बजेट सहयोग गरेको उनले बताइन्। अध्यक्ष चौधरीले समूहका सबै सदस्यले वित्तीय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउने गरेको बताइन्। 

उनले भिनन्, ‘सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ, खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।’

पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेले लक्षित वर्गका लागि आएको बजेट महिला समूहलाई दिएको बताए। महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ४६ बजे

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा