काठमाडौं– फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनको लागि निर्वाचन कार्यालयमा मानिसहरूको भीड लागेको छ ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरे सँगै मतदाताको भीड बढेको हो ।
निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया