राष्ट्रपति पौडेलले राजनीतिक दललाई छलफलका लागि बोलाए | Khabarhub Khabarhub

राष्ट्रपति पौडेलले राजनीतिक दललाई छलफलका लागि बोलाए


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि राजनीतिक दललाई राष्ट्रपति कार्यालयमा बोलाएका छन् ।

पौडेलले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी सबै राजनीतिक दललाई बोलाएका हुन् । छलफल राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

एक मन्त्रीका अनुसार बिहीबार राष्ट्रपतिसँग भएको छलफलपछि सबै दललाई निर्वाचनको विषयमा छलफलका लागि राष्ट्रपतिले बोलाएका हुन् । बिहीबार प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीले राष्ट्रपतिसँग छलफल गरेका थिए ।

फागुन २१ गतेका लागि घोषणा भएको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीको अनुरोध अनुसार राष्ट्रपति पौडेलले छलफलका लागि दलहरुलाई बोलाएका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार बनेको छ । कार्की नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति पौडेलले विघठित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग दलसँग छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ११ : १६ बजे

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा

गत वर्षभन्दा यस वर्ष डेङ्गु सङ्क्रमितको सङ्ख्यामा कमी

काठमाडौं – काठमाडौँ महानगरपालिकाभित्र गत वर्षको तुलनामा यस वर्ष डेङ्गु