अब दैनिक २५ लाख रुपैयाँ रेमिट्यान्स पठाउन पाइने, सुनको कोटा पनि बढ्यो « Khabarhub

अब दैनिक २५ लाख रुपैयाँ रेमिट्यान्स पठाउन पाइने, सुनको कोटा पनि बढ्यो


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रोजगारको लागि गएका श्रमिकहरूले अब दैनिक रूपमा २५ लाख रुपैयाँसम्म रेमिट्यान्स पठाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८१ लाई संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

‘नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुनेगरी विदेशी (नागरिक वा फर्म/कम्पनी/संस्था)बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत सम्बन्धित बेनेफिसिरीको खातामा जम्मा गर्ने गरी रु. २५ लाखसम्म (एक पटक वा पटक–पटक) को विप्रेषण रकम ल्याउन सकिने छ’, संशोशित एकीकृत परिपत्रमा भनिएको छ ।

अहिलेसम्म यस्तो रकम दैनिक रूपमा बढीमा २० लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था रहेको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै दैनिक आयात गर्न पाइने सुनको कोटालाई पनि बढाएको छ । अहिलेसम्म दैनिक रूपमा २० किलोग्राम सुन आयात गर्ने व्यवस्था रहेकोमा सो व्यवस्थालाई संशोधन गर्दै २५ किलोग्राम पुर्‍याइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : ४५ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष