युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने « Khabarhub

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सुरक्षा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि र्‍याली र प्रदर्शन कार्यक्रम गर्न नदिने निर्णय गरेको जनाएको हो ।

‘विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ’, प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल शनिबार दिउँसो १ बजे काठमाडौं तिनकुनेमा भेला भएर मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अनुमति नदिने निर्णय गरेसँगै युवा संघको सो र्‍याली प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०४ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक