गोरखामा लेक लागेर युवकको मृत्यु « Khabarhub

गोरखामा लेक लागेर युवकको मृत्यु


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा- मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको गोरखा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रजापति आफ्ना साथथीहरुसहित मनास्लु पदमार्ग हुँदै लार्के जाने क्रममा बिहीबार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए । “लार्के पार गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको हो । अन्य चार जना मनाङतर्फ झरेका छन्”, उनले भने ।

प्रजापतिको शव सामागाउँ ल्याइएको र हेलिकोप्टरमार्फत् काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ३२ बजे

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना

आजको मौसमको : तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौं– देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ– अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको

आगामी जेठमा ‘एभरेष्ट टुरिजम अवार्ड’ र विश्व शान्ति सम्मेलन

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण