चितवनमा थपिए ९ सय ५० नयाँ मतदाता « Khabarhub

चितवनमा थपिए ९ सय ५० नयाँ मतदाता


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए ।

उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उनले बताए ।

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उनले जानकारी दिए । विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता रहेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा चितवनका मतदाता चार लाख ५० हजारसम्म पुग्ने प्रक्षेपण गरिएको उनले बताए ।

निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । तालिकाअनुसार मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछन् । माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै