महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी « Khabarhub

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका सफाइकर्मीहरुले सरसफाइ गर्न बिहानैदेखि खटेका छन् । 

क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसर पारेर गत करिब पाँच सय भन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी वृहत् सरसफाइ गरेका छन् । 

हिजो शिवरात्रीको अवसरमा पनि पशुपतिनाथ क्षेत्रभित्र बढी फोहोरमैला संकलन हुने ठाउँमा करिब पाँच सय भन्दा बढी सफाइकर्मीकर्मी बिहानदेखि बेलुकासम्म सरसफाइ गरेका थिए । 

दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसनले सञ्चालन गरेको सफा गरौँ अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सरसफाइ गरिएको निर्देशक सुजाता कोइरालाले बताइन । 

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौँको संख्यामा घुइँचो लाग्ने भएको हुँदा फोहोरमैला सरसफाइ कार्यका लागि निजी क्षेत्रमा कार्यरत सफाइकर्मीसँग मिलेर अभियानको रुपमा सफा, पवित्र र हरित शिवरात्रि अभियान सञ्चालन गरिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन । 

सरसफाइ अभियान अन्तर्गत करिब पाँच सयको संख्यामा रहेका सफाइकर्मी तथा  स्वयंसेवकहरूले लगातार तिन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गर्ने क्रिएसन नेपालका कार्यक्रम निर्देशक कोइरालाले जानकारी गराइन् । 

उक्त अवसरमा कोकाकोला फाउण्डेसनले महाशिवरात्रीको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका विस हजार बोतल जिरो सुगर उत्पादनहरू वितरण गरेका थिए । 

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सफा गरौँ अभियान सञ्चालन गरिएको क्रिएसनले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरिन् ।

क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : २९ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’