महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी « Khabarhub

महाशिवरात्रीमा थुप्रिएका फोहोरमैला सफा गर्न थाले सफाइकर्मी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्रीको अवसरमा पशुपति नाथ क्षेत्रमा थुप्रिएको फोहोरमैला क्रिएसनद्धारा परिचालन गरिएका सफाइकर्मीहरुले सरसफाइ गर्न बिहानैदेखि खटेका छन् । 

क्रिएसन नेपालले सफा गरौँ अभियान अन्तर्गत महाशिवरात्रि पर्वको अवसर पारेर गत करिब पाँच सय भन्दा बढी सफाइकर्मी तथा स्वयंसेवक परिचालन गरी वृहत् सरसफाइ गरेका छन् । 

हिजो शिवरात्रीको अवसरमा पनि पशुपतिनाथ क्षेत्रभित्र बढी फोहोरमैला संकलन हुने ठाउँमा करिब पाँच सय भन्दा बढी सफाइकर्मीकर्मी बिहानदेखि बेलुकासम्म सरसफाइ गरेका थिए । 

दि कोकालाकोला फाउण्डेसनको सहयोगमा क्लाइमेट स्मार्ट सिटिज परियोजना अन्तर्गत क्रिएसनले सञ्चालन गरेको सफा गरौँ अभियान अन्तर्गत पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा सरसफाइ गरिएको निर्देशक सुजाता कोइरालाले बताइन । 

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र दर्शनार्थीहरुको लाखौँको संख्यामा घुइँचो लाग्ने भएको हुँदा फोहोरमैला सरसफाइ कार्यका लागि निजी क्षेत्रमा कार्यरत सफाइकर्मीसँग मिलेर अभियानको रुपमा सफा, पवित्र र हरित शिवरात्रि अभियान सञ्चालन गरिएको क्रिएसन नेपालका महासचिव रोशना सुवेदीले बताइन । 

सरसफाइ अभियान अन्तर्गत करिब पाँच सयको संख्यामा रहेका सफाइकर्मी तथा  स्वयंसेवकहरूले लगातार तिन दिनसम्म पशुपतिक्षेत्रमा सरसफाइ गतिविधि सञ्चालन गर्ने क्रिएसन नेपालका कार्यक्रम निर्देशक कोइरालाले जानकारी गराइन् । 

उक्त अवसरमा कोकाकोला फाउण्डेसनले महाशिवरात्रीको अवसरमा आउने दर्जन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि निःशुल्क रुपमा कोकाकोला कम्पनीका विस हजार बोतल जिरो सुगर उत्पादनहरू वितरण गरेका थिए । 

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सफा गरौँ अभियान सञ्चालन गरिएको क्रिएसनले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई सफा, स्वच्छ र मर्यादित राख्ने लक्ष्यसहित सञ्चालन गरिएको यस अभियानले दिगो सरसफाइ संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास निर्देशक कोइरालाले व्यक्त गरिन् ।

क्रिएसन नेपालले ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनामार्फत सहरी क्षेत्रमा दिगो व्यवस्थापन, फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण निर्माणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : २९ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर