चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन « Khabarhub

चितवनका मतदाता फकाउँदै रवि भन्छन् : मसँग इमानबाहेक अरू केही पनि छैन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।

सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको बताए ।

उनले आफूसँग इमानबाहेक अरू केही पनि नरहेको पनि बताएका छन् । ‘मसँग इमानबाहेक केही छैन, इमान डगमगाउन दिन्नँ’, उनले भने, ‘सुकुम्बासी समस्या अब नरहने गरि समाधान हुन्छ।’

आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने उनले बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोशिस गर्दागर्दै पनि पूरा गर्न नसकिएको उनले बताएका छन् ।

उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रुपमा समाधान गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कालिका– ३ मा स्थानीयले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : ०२ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष