मानव-हात्ती द्वन्द्वका कारण दुई दशकयता ७२ जनाको मृत्यु « Khabarhub

मानव-हात्ती द्वन्द्वका कारण दुई दशकयता ७२ जनाको मृत्यु


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले यस अवधिमा हात्तीको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको बताए । यस्तै, खोज, अनुसन्धान तथा ‘पोस्टमार्टम रिपोर्ट’का आधारमा १४ हात्ती गैरकानुनी विद्युतीय धरापले मरेको पाइएको उनले जानकारी दिए ।

प्रमुख श्रेष्ठले तत्काल जथाभावी रूपमा टाँगिएका तारवारलाई नियन्त्रणमा नलिए हात्ती मात्र नभई मानवीय क्षतिको जोखिमसमेत बताए । “जङ्गली हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले गैरकानुनी रूपमा नाङ्गो विद्युतीय घेराबार राख्ने प्रवृत्ति छ । हात्तीका लागि यो निकै चुनौतीपूर्ण रहेको तथ्यले नै पुष्टि गरिसकेको छ”, प्रमुख श्रेष्ठले भने,“स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई समस्या समाधानका लागि पत्राचारसमेत गरिसकेका छौँ । आफ्नो अन्नबाली तथा घरगोठको सुरक्षा गर्ने नाउँमा किसानले जथाभावी नाङ्गो विद्युतीय तारवार लगाउने कार्य तत्काल बन्द गर्नुपर्छ ।”

उनले सरोकार भएकाहरूलाई घरदैलोमै भेटेर विद्युतीय धराप नराख्न आग्रह गर्दासमेत बेवास्ता गरेको गुनासो गरे । “काठ र बासँका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत् प्रवाह गरी दिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र बिहानीपख उज्यालो भएपछि बन्द गर्ने डरलाग्दो काम भइरहेको छ । यसले हात्ती मात्रै होइन, मानवीय क्षति हुने जोखिम छ”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

यहाँ भारतबाट समेत हात्ती आउने गरेका छन् । त्यस क्रममा मानव–हात्ती द्वन्द्व हुने गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ४० बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर