प्रचण्डले भने- हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन « Khabarhub

प्रचण्डले भने- हामीलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई बचाएको सेनाले सिंहदरबार किन बचाएन भन्ने आफूलाई लागेको बताएका छन् । शुक्रबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले सो बताएका हुन् ।

‘हामी बचियो कसरी भन्ने कुराको जवाफ हामीलाई सेनाले बचाएको हो कि ? हामीलाई जनताले बचाएको हो कि ? हामीलाई हाम्रो पार्टीका साथीहरूले बचाएको हो कि ? कसले बचायो ? अल्टिमेट्ली हेर्दा त सेनाले बचायो’, उनले भने, ‘तर, हामीलाई बचाउने सेनाले सिंहदरबार किन बचाउन सकेन ? सर्वोच्च अदालत किन बचाउन सकेन ? राष्ट्रपति भवन किन बचाउन सकेन भनेर हेर्दा बडो अनौठो चित्र अनुभूत हुन्छ, बडो विचित्र लाग्छ ।’

अध्यक्ष प्रचण्डले आफूहरूलाई बचाएकोमा सेनालाई धन्यवाद दिनुपर्ने अवस्था भए पनि आफूहरूलाई भूराजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको भन्ने लागेको पनि बताए ।

‘हामीलाई त बचायो यसो हुनाले धन्यवाद त दिनै पर्‍यो, हामी बचेर निक्लेर आइयो नि त, नबचाउन चाहेको भए त हामी मुठ्ठीको उ जस्तो भएको थियौँ नि त किचिक्क पार्दिए त हामी त किचिक्क हुने ठाउँमा पुग्याथ्यौं, यसो त भइएन, के कारणले भइएन ? जे भए पनि सेनाकै हेडक्वाटरमा नै बसेर सकुसल आउँदा त सेनालाई धन्यवाद त दिनै पर्‍यो नि’, उनले भने, ‘तर, गहिरिएर विचार गर्दा हामीलाई भूराजनीतिक शक्ति सन्तुलन र चलखेलले बचाएको हो भन्ने जस्तो लाग्छ मलाई, नत्र बच्ने स्थिति थिएन ।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : २६ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन