प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ? | Khabarhub Khabarhub

प्रचण्डको प्रश्न- केपीले नै सिफारिस गरेर बनेको हो सरकार, हाहाहुहुबाट बनेको भन्न मिल्छ ?


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले वर्तमान अन्तरिम सरकारलाई केपी ओलीले हाहाहुहुबाट बनेको भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको सरकार तत्कालीन प्रधानमन्त्री केपी ओलीकै सिफारिसमा बनेको हुँदा उनले हाहाहुहुबाट बनेको भनेर नमिल्ने बताएका हुन् ।

‘राजनीतिमा न्यूनतम रूपले पनि नैतिक रूपले प्रधानमन्त्री त्यति बेला केपी ओली नै हुनुहुन्थ्यो, केपी ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो’, उनले भने, ‘अब यो सरकार हाहुमा बनेको हो भन्न मिल्छ र ? हामीले बरु मिल्ला अलिअलि, केपी जिले त भन्नै मिल्दैन, उहाँ नै सिफारिसकर्ता हो, उहाँकै सिफारिसमा टेकेर राष्ट्रपतिले नियुक्ति गरेको हो, त्यसकारण हामी त्यसको साक्षी भइयो त्यति बेला, हामी साक्षी थियौँ, साक्षी छौँ ।’

अध्यक्ष प्रचण्डले सुशीला कार्की जेन-जीकै भोटिङका आधारमा डक्ट्रिन अफ नेसेसिटीको आधारमा संविधानको धारा ६१/६२ को आधारमा भएको समेत बताए । उनले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नका लागि राष्ट्रपतिले पहिल्यै नै ओलीलाई भेटेर सिफारिस समेत ल्याएको र आफूहरूलाई देखाएको बताए ।

‘सुशीला जी को नाम जेन-जीको डिस्कर्डबाट भोटिङ गरेर धेरैले सुशीलाको पक्षमा अरू पनि थिए बालेनले आफू तयार नभएपछि सुशीलामा नै युवाहरूको समर्थन भनेर आएपछि हामीले त्यति बेला डक्ट्रिन अफ नेसेसिटीको खुब चर्चा गरियो त्यहाँ, डक्ट्रिन अफ नेसेसिटी भयो, राष्ट्रपतिले धारा ६१/६२ मा जे प्रावधान छ त्यो प्रावधानलाई टेकेर आवश्यकताको सिद्धान्तका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति, त्यो केपी ओली जो सेनाले हेलिकप्टरमा हालेर हेटौँडा वा कता पुर्‍याएको भए पनि उहाँ नै काम चलाऊ प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीको सिफारिस चाहिन्थ्यो, राष्ट्रपति जी ले प्रधानमन्त्रीलाई भेटेर ल्याइसक्नुभएको रहेछ’, उनले भने ।

उनले शुक्रबार केपी ओलीले सरकार असंवैधानिक भएको भनेर मान्दिन भन्दै गरेको टिप्पणीको तुक नभएको समेत बताए । 

‘हिजो मैले केपीजीको भाषण सुने, उहाँले बडो आक्रामक ढंगले प्रस्तुति दिनु भयो, तर, हामीलाई त्यति बेला जे कागज देखाइयो, प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्ति गर्ने पत्र उहाँले नै दिनुभाथ्यो त, अनि अहिले यो पनि मान्दिन त्यो पनि मान्दिन भन्नुको तुक हुन्छ र ?’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ४९ बजे

निर्वाचन हुने कुरामा ढुक्क छैनन् कांग्रेस-एमाले, शीतल निवासमा उठाए सरकारको निष्पक्षतामाथि प्रश्न

काठमाडाै‌ – शुक्रबार दिउँसो दुईवटा बैठकमा नेताहरूको ध्यान थियोे ।

सम्पदा संरक्षण अभियन्ता श्रेष्ठसहित चारजना जेन-जीबाट मन्त्री बन्दै

काठमाडौँ- युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक

मुगुमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

मुगु – मुगुको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज

अष्टलक्ष्मीले केपी ओलीको राजीनामा माग्दा विष्णु पौडेलले भने- विद्या भण्डारीलाई पार्टीमा ‘वेलकम’ गरौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व त्यागको दबाब

निर्वाचनको तयारीमा जुट्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी फागुन २१