पाँच दिनपछि खुल्यो बीपी राजमार्ग « Khabarhub

पाँच दिनपछि खुल्यो बीपी राजमार्ग


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौकीडाँडा–बर्खेखोला–नेपालथोकसम्म करिब चार किलोमिटर डाइभर्सन निर्माण भएसँगै बीपी राजमार्ग एकतर्फी सुचारु भएको छ । ट्रयाक खुलेसँगै उक्त खण्डमा फसेका सवारी पास भइसकेको सडक डिभिजन कार्यालयले जनाएको हो । 

‘हिजो रातैभर काम गर्दा ट्रयाक खोल्ने काम पूरा भयो, अहिले सिन्धुलीतर्फबाट आएका त होइनन्, महाभारत गाउँपालिका तिरबाट आउने र बीचका मंगलटार तिरका बस्तीहरूबाट आउने साना तथा ठूला सबै खालका सवारी पास भए,’ कार्यालयकी सुचना अधिकारी बिन्दु अधिकारीले बताइन् ।  

उनका अनुसार ट्रयाक राम्रोसँग सेट नभइसकेकाले आज रातभर पुनः काम गरेर भोलिदेखि निर्बाध रूपमा सडक सुचारु हुनेछ ।

‘ट्र्याकको लेभलहरू मिलेको हुँदैन त्यो हुँदा सानाठूला जुनसुकै गाडी फस्न सक्छ, त्यसैले आज रातिबाटै ग्रेडर रोलर लगाएर माटो च्याप्ने काम गर्छौँ अनि थप क्षति नभए राजमार्गमा कुनै रोकावट हुँदैन’ उनले थपिन् । 

गत वर्ष भने आठ किलोमिटर सडकमा पुगेको क्षति पछि सडक सुचारु गर्न १५ दिन लागेको उनले बताइन् । 

गत वर्ष क्षतिग्रस्त बनेको २२ किलोमिटर खण्ड मध्ये बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीनखण्ड यसअघि नै संचालनमा छ । यस वर्ष क्षति भएको कबिर ४ किलोमिटर नेपालथोक–धुलिखेल खण्ड पनि सञ्चालनमा आएकाले अब कतै बाधा नरहेको उनले थपिन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यस खण्डको स्थलगत निरीक्षण गरी द्रूत गतिमा काम गर्न निर्देशन दिएपछि बिहीबार रातको समयमा समेत काम भएको थियो ।

गतवर्षको असोजमै आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडक मध्ये आधाजसो रोशीखोलाले बगाएको थियो । तीन खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लागिसकेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : १५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को