पाँच दिनपछि खुल्यो बीपी राजमार्ग « Khabarhub

पाँच दिनपछि खुल्यो बीपी राजमार्ग


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौकीडाँडा–बर्खेखोला–नेपालथोकसम्म करिब चार किलोमिटर डाइभर्सन निर्माण भएसँगै बीपी राजमार्ग एकतर्फी सुचारु भएको छ । ट्रयाक खुलेसँगै उक्त खण्डमा फसेका सवारी पास भइसकेको सडक डिभिजन कार्यालयले जनाएको हो । 

‘हिजो रातैभर काम गर्दा ट्रयाक खोल्ने काम पूरा भयो, अहिले सिन्धुलीतर्फबाट आएका त होइनन्, महाभारत गाउँपालिका तिरबाट आउने र बीचका मंगलटार तिरका बस्तीहरूबाट आउने साना तथा ठूला सबै खालका सवारी पास भए,’ कार्यालयकी सुचना अधिकारी बिन्दु अधिकारीले बताइन् ।  

उनका अनुसार ट्रयाक राम्रोसँग सेट नभइसकेकाले आज रातभर पुनः काम गरेर भोलिदेखि निर्बाध रूपमा सडक सुचारु हुनेछ ।

‘ट्र्याकको लेभलहरू मिलेको हुँदैन त्यो हुँदा सानाठूला जुनसुकै गाडी फस्न सक्छ, त्यसैले आज रातिबाटै ग्रेडर रोलर लगाएर माटो च्याप्ने काम गर्छौँ अनि थप क्षति नभए राजमार्गमा कुनै रोकावट हुँदैन’ उनले थपिन् । 

गत वर्ष भने आठ किलोमिटर सडकमा पुगेको क्षति पछि सडक सुचारु गर्न १५ दिन लागेको उनले बताइन् । 

गत वर्ष क्षतिग्रस्त बनेको २२ किलोमिटर खण्ड मध्ये बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीनखण्ड यसअघि नै संचालनमा छ । यस वर्ष क्षति भएको कबिर ४ किलोमिटर नेपालथोक–धुलिखेल खण्ड पनि सञ्चालनमा आएकाले अब कतै बाधा नरहेको उनले थपिन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले यस खण्डको स्थलगत निरीक्षण गरी द्रूत गतिमा काम गर्न निर्देशन दिएपछि बिहीबार रातको समयमा समेत काम भएको थियो ।

गतवर्षको असोजमै आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडक मध्ये आधाजसो रोशीखोलाले बगाएको थियो । तीन खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लागिसकेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : १५ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा