कांग्रेस कार्यसम्पादन समितिको बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने « Khabarhub

कांग्रेस कार्यसम्पादन समितिको बैठक सकियो, भोलि ११ बजे फेरि बस्ने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आजलाई सकिएको छ । महत्त्वपूर्ण विषयमा छलफल भइरहेको र सबै पदाधिकारी बोल्ने क्रम नसकिएकोले बैठक शनिबार ११ बजे फेरि बस्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

प्रवक्ता महतले अहिलेको चुनौतीपूर्ण अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने, सँगसँगै राष्ट्रिय राजनीतिमा अनुत्तरित प्रश्न खडा भएको यी विषयमा एउटा ठोस दृष्टिकोण बनाउने र विषयवस्तु पनि केन्द्रित भएर २६ गते हुने केन्द्रीय समितिको बैठक अगाडि बढाउन मद्दत गर्छ भनेर यो बैठक बसेको बताए ।

उनले भोलिको बैठकमा समान धारणा बनाउने कोसिस गर्ने उनले बताए । त्यसकै आधारमा बुँदागत रूपमा एजेन्डा तयार गरेर केन्द्रीय समितिको बैठकबाट निष्कर्ष निकाल्ने बताए ।

साथै, अधिवेशन कहिले सम्भव हुन सक्छ ? विशेष महाधिवेशनका लागि भनेर हस्ताक्षर गरिएको विषयले पार्टीमा कुन खालको समस्या पैदा गर्न सक्छ भन्ने विषयमा पनि बैठकमा छलफल भइरहेको उनले बताए । 

‘अहिले एकताबद्ध भएर जानुको विकल्प छैन, संकटको घडीमा सम्पूर्ण मतभेदहरूलाई भुलेर पार्टीलाई एकताबद्ध गर्ने कुरामै सम्पूर्ण साथीहरूको जोड थियो’, उनले भने । 

बिहीबार सभापति शेरबहादुर बाहेकको उपस्थितिमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया