‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरको पाँच लाख सहयोग « Khabarhub

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई ललितपुर महानगरको पाँच लाख सहयोग


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ ।

आज आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरे ।

यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराए । “सुशासन कायम र भ्रष्टाचारको अन्त्यका लागि भएको आन्दोलनमा योगदान दिएकामा राष्ट्रले नै शहीद घोषणा गरिसकेकाले महानगरले संवेदनासँगै यो सानो सहयोग उपलब्ध गराएको हो । शव अन्त्येष्टिमा समेत महानगरले सहयोग गरेको छ”, उनले भने ।

महानगरका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको सम्मान र परिवारलाई सहानुभूतिस्वरुप सहयोग गरिएको बताए ।

शहीद महर्जनका दिदी विना महर्जनले आफ्नो भाइले देशको परिवर्तनका लागि योगदान दिएकाले ललितपुर महानगरभित्र सालिक निर्माण गरिदिन आग्रह गरिन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै