रमेश लेखकले भने- मुलुक गम्भीर अवस्थामा छ, आग्रह पूर्वाग्रह नराखौँ « Khabarhub

रमेश लेखकले भने- मुलुक गम्भीर अवस्थामा छ, आग्रह पूर्वाग्रह नराखौँ


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि पहिलो पटक पूर्व गृहमन्त्री रमेश लेखक सार्वजनिक भएका छन् । आमाको काजक्रियाबारी रहेका लेखक सेतो पोशाकमै भिडियो मार्फत कांग्रेस पदाधिकारी बैठकपछि पत्रकार माझ सार्वजनिक भएका हुन् । 

लेखकले आग्रह पूर्वाग्रह र उत्तेजनाबाट काम नगर्नसमेत आग्रह गरेका छन् । सबैका भावना समेटेर बुझेर अगाडि बढ्नुपर्ने उनको जोड छ ।

भिडियोमार्फत लेखकले प्रधानमन्त्री र आफूले नै जेन-जी आन्दोलनमा गोली चलाउन आदेश नदिएको दाबी गरेका छन् । 

‘नयाँ पिँढीले केही महत्त्वपूर्ण र असल मागहरू राखेर प्रदर्शन गरेका थिए तर दुर्भाग्यवश आन्दोलनमा घुसपेट भयो,’ लेखकले भिडियोमा भनेका छन्, ‘यसबाट मलाई गहिरो पीडा भएर मैले २३ गते नै राजीनामा दिइसकेको थिएँ ।’

भिडियोमा लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले गोली चलाउन आदेश दिएको विषयलाई खण्डन गरेका छन्। 

‘गोली चलाउने प्रधानमन्त्री जोसुकै भए पनि गृहमन्त्री जोसुकै भए पनि प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिँदैन । प्रधानमन्त्री र मेरो तर्फबाट कुनै आदेश दिएको छैन ।’ लेखकले भनेका छन्, ‘हामीले आग्रह पूर्वाग्रह र प्रतिशोध राख्नु हुँदैन मुलुकलाई लोकतान्त्रिक मूल्य मान्यतामार्फत अगाडि बढाएर कानुनबमोजिन आआफ्नो कार्यसम्पादन गर्नुपर्छ।’ 

लेखकले मुलुक अप्ठ्यारो परिस्थितिमा रहेकाले यसलाई सच्याउनका लागि सबै लाग्नुपर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ४२ बजे

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन