राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक सुरु « Khabarhub

राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक सुरु


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की सहित सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सो बैठक आयोजना भएको हो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री र राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् । 

बैठकमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र महाममन्त्री गगन थापा, एमालेको तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल र माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव सहभागी भएका छन् ।

त्यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र शाही र मिना लामा र नेकपा एकीकृत समाजवादीको तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी भएका छन् ।

जनमत पार्टीको तर्फबाट डा जयकान्त राउत, जनता समाजवादी पार्टीको तर्फबाट रेनु यादव, लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नेपाल मजदुर किसान पार्टीको तर्फबाट सुनिल प्रजापति र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट रेशम चौधरी बैठकमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै