रामेछापमा सहकारीमार्फत माहुरीपालन | Khabarhub Khabarhub

रामेछापमा सहकारीमार्फत माहुरीपालन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापमा सहकारीमार्फत माहुरीपालन गर्न थालिएको छ । मनग्य आम्दानी हुन थालेपछि सहकारीमार्फत माहुरीपालन गर्न सुरु गरिएको हो ।   

मन्थली र रामेछाप नगरपालिका तथा सुनापति गाउँपालिकाका किसानले माहुरीपालनबाट पर्याप्त आम्दानी गर्ने गरेपछि मन्थलीमा रहेको सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा माहुरीपालन सुरु गरेको हो । 

सदरमुकाम मन्थली बजारमा २० घारबाट सुरु गरिएको माहुरीपालनले मनग्य आम्दानी हुन थालेपछि आफूले सहकारीमार्फत माहुरीपालन विस्तार गरी ६० घार पुर्‍याउने लक्ष्य राखेको सदावहार बहुद्देश्यीय सहकारी संस्था मन्थलीका अध्यक्ष चन्द्र मानन्धरले राससलाई बताए । 

‘सहकारीमार्फत माहुरीपालन गरिएको यो जिल्लामा पहिलो हो । यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने हो भने अन्य सहकारीले पनि यस प्रकारका कृषिकर्ममा लगानी गर्ने वा आफैँले माहुरीपालन गरे फाइदा हुने देखिन्छ’, उनले भने, ‘माहुरीपालन बचत तथा ऋणको कारोबार गर्ने सहकारी आफैँले गर्न त नमिल्ला, तर कृषिसँग सम्बन्धित सहकारीले माहुरीपालन गरेर राम्रो आम्दानी लिन  सक्छन् । माहुरीपालक इमान्दार कृषकलाई जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाले पनि लगानी गर्न सक्छन् ।’

विशेषगरी पुस र माघ महिनामा तोरी फुलेको याममा बढी मह उत्पादन हुने भएकाले मेलिफेरा जातका माहुरीले राम्रो उत्पादन दिने माहुरी पालक किसान बताउँछन् ।

परम्परागत रूपमा पालिएका सेरेना जातका माहुरी लोकल माहुरी भएकाले यिनीहरूले कम मह उत्पादन गर्ने गरेका कारण अहिले व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानले मेलिफेरा जातको माहुरी पाल्ने गरेका अध्यक्ष मानन्धरले बताए । 

वर्षाको समयमा माहुरी चर्न जान नसक्ने र फूलसमेत कम फुल्ने भएपछि उनीहरूको चरन क्षेत्र कम हुने  भएका कारण यस वेला निक्कै कम मात्र मह उत्पादन हुने गर्दछ । तालिम प्राप्त नगरेका व्यक्तिले माहुरीपालन गर्न कठिनाइ हुने हुँदा यसका लागि तालिम अनिवार्य भएको माहुरी कृषकहरू बताउँछन् ।

सुक्खा ठाउँमा हुने व्यवसायको विकल्प खोज्दै जाँदा आफू यस माहुरीपालन व्यवसायमा लागेको र सोबाट उत्पादित मह बिक्रीबाट आफूले मासिक रूपमा ५० हजारभन्दा बढी कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरका माहुरीपालक कृषक कृष्णबहादुर मगर बताउँछन् । 

उनले भने, ‘म लामो समय वैदेशिक रोजगारीमा थिए । विसं २०७२ को भूकम्पपछि नेपाल फर्केर आफ्नै गाउँमा केही गरौँ भन्ने अठोटका साथ पहिला पशुपालन गरे ।

त्यसपछि कुखुरा पाले तर तिनीहरूलाई घाँस, पानी र दाना नियमित दिनुपर्ने गाउँमा पानीको समस्या हुने भएपछि अन्य विकल्प खोज्दै जाँदा मैले यो व्यवसाय रोजेको हुँ । यसबाट म सन्तुष्ट छु ।’
 
सुरुसुरुमा माहुरीपालक किसानका लागि अनुदानको व्यवस्था गर्ने गरिएको, अनुदान प्राप्त भएपछि एउटै किसानले माहुरीपालन विस्तार गर्ने तर गाउँका अन्य किसानले खासै चासो नगर्ने भएपछि उक्त अनुदानका साझेदारी कार्यक्रम कटौती भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ । 

आफ्नो कार्यालयसँग गत वर्ष माहुरी प्रवर्द्धन कार्यक्रम रहे पनि यस वर्ष भने उक्त कार्यक्रमका लागि बजेट विनियोजन नभएको तर युवालक्षित कार्यक्रमअन्तर्गत वास्तविकताका आधारमा केही सहयोग गर्न सकिने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख थिरलाल गैरेले बताए । 

तोरी वा अन्य फुल फुलेको ठाँउमा माहुरी चराउन लैजाने गरिन्छ । पराग सेचनमा माहुरीको महत्त्वपूर्ण योगदान हुने हुनाले मौरी चराएको तोरी बढी फल्ने मन्थली–की सरिता ढुङ्गेलले बताए  । 

मह प्रतिकिलो एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यसको बजार, रामेछापको जिल्ला सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली र काठमाडौं हो । त्यसका अलावा विभिन्न समयमा जिल्ला जिल्लामा हुने गरेको मेला तथा महोत्सवमा समेत मह बिक्री हुने गरेको सुनापति गाउँपालिका–५ का माहुरीपालक कृषक कृष्णबहादुर श्रेष्ठ बताउँछन् । 

वर्षात्को समयमा भन्दा हिउँदको समयमा बढी मह उत्पादन हुने यस व्यवसाय प्रवर्द्धन गर्नका लागि सरकारी निकायको विशेष पहल हुनुपर्ने मन्थली–५ सुनारपानीका कृषक हिरालाल आचार्यले बताए ।

यो व्यवशायका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्न सके गाउँमै स्वरोजगार बन्न सकिने अवस्था  रहेको मन्थली–१ का गुञ्जबहादुर श्रेष्ठ बताउँछन् ।  रासस

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : ५० बजे

इजरायलले आक्रमण रोक्यो, गाजावासीहरू घर फर्कन थाले

प्यालेस्टिनी क्षेत्र – इजरायलले युद्धविराम घोषणा गर्दै शुक्रबार गाजामा सेना

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर

जेनजी प्रदर्शनका ९२ जना घाइतेलाई भैपरी खर्च दिइने

गण्डकी – गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका

ट्रकक्रेनको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनीचोकमा