जुम्लाका किसान बर्खेबाली भित्र्याउन व्यस्त « Khabarhub

जुम्लाका किसान बर्खेबाली भित्र्याउन व्यस्त


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँका किसानलाई बर्खेबाली घरमा भित्र्याउन भ्याइनभ्याई छ । दसैँ सकिएसँगै यहाँका किसान खेतबारीमा पाकेको सिमी, कोदो, फापर मकैलगायत रैथाने खाद्य बाली भित्र्याउन व्यस्त छन् ।  रैथाने बालीमध्ये मार्सीधान यहाँको लोकप्रिय खाद्य बाली हो । 

हिमा गाउँपालिकाका किसान माया रोकायाले भनिन्, ‘खेतबारीमा पाकेको बाली भित्र्याउन रातिसम्म काम गर्दै आएका छौँ । मौसम पनि सफा छ । किसानले काटेको घाँस घामले राम्रोसँग सुकेको छ । खेतबारीको सबै काम गरिसकेपछि पशुचौपायालाई चर्नका लागि छोड्छौँ ।’

जिल्लाका आठवटै स्थानीय तहमा मार्सीधानको खेती हुने गरेको छ । हाल जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । 

यहाँका किसानले हाल चन्दननाथ–१, ३, लेकाली–१ र ३ मा उन्नत जातका मार्सीधानको खेती गर्दै आएका छन् । पछिल्लो समय मार्सीधानमा मरुवा रोगको जोखिम बढेसँगै किसान उन्नत जाततर्फ आकर्षित हुन थालेका हुन् ।

 मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा मात्रै खेती गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । 
 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : १० बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा