शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम « Khabarhub

शनिबारको मोटरसाइकल र्‍याली स्थगित गर्दै एमालेको युवा संघले सरकारलाई दियो २४ घण्टे अल्टिमेटम


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले शनिबार आयोजना गरेको मोटरसाइकल र्‍याली स्थगित गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरिएको मोटरसाइकल र्‍याली स्थगित गर्दै २४ घण्टाभित्र आइतबार यसका लागि स्वीकृति दिनुपर्ने भन्दै अल्टिमेटम दिएको हो ।

‘भोलिको शान्तिपूर्ण बाइक र्‍याली सरकारले रोकेको छ र हामीले स्वीकार गरेका छौँ, २४ घण्टामा आइतबार बाइक र्‍यालीको स्वीकृति दिन पनि सरकारलाई आह्वान गर्न चाहन्छौं’, संघका अध्यक्ष क्षितिज थेबेले भने ।

उनले आफूहरू शान्तिको पक्षमा मोटरसाइकल र्‍याली गर्न लागेको र सरकारले सो र्याली गर्न नदिने निर्णय गरेकोमा खेद प्रकट गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ४० बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि