जिप दुर्घटनामा तीन जनाको मृत्यु  « Khabarhub

जिप दुर्घटनामा तीन जनाको मृत्यु 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सिमकोट– चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११ः०० बजे बोलेरो जिप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ । 

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले बताए । सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जिप दुर्घटनामा परेको थियो । 

तीन जनाको घटनास्थलै मृत्यु 

आज दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

उनका अनुसार बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उनका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढा रहेका छन् ।
 
त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारणले घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । ग्रामीण कच्ची सडकबाट जिप तीन सय मिटर तल खसेको थियो । कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जिप दुर्घटनामा परेको हो । रासस
 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ६ : ०४ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम