मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने « Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिने


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने भएका छन् ।

उनले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि असोज २८ गते विश्वासको मत लिन लागेका हुन् । उनले प्रदेशसभा सचिवालयलाई सोही दिन विश्वासको मत लिने व्यवस्था मिलाइदिन पत्र पठाएका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ । सिंह नेतृत्वको सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

मधेस प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एक निलम्बितसहित २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सात तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीका एक÷एक जना प्रदेशसभा सदस्य  छन् । रासस

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ०२ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६