सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने  « Khabarhub

सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रहरी फिर्ता लगेसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा अब राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन्।

एमाले नेता राजीव पहारीका अनुसार सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि ओलीको सुरक्षा जनस्तरबाट सुनिश्चित गर्ने निर्णय गरिएको हो। उनले भने, ‘अब जनताको नेताको सुरक्षा जनताले नै लिने छन्।’

सरकारले मापदण्ड विपरीत भन्दै ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता बोलाएको थियो। 

त्यसपछि एमालेका भातृ संगठन र शुभेच्छुक संस्थाहरूले ओलीको सुरक्षा आफ्नै व्यवस्थापनमा गर्ने तयारी थालेका हुन्।

‘पूर्व प्रधानमन्त्री मुलुकका महत्त्वपूर्ण व्यक्तित्व हुन्। यस्तो व्यक्तित्वको सुरक्षा गर्नु राज्यको जिम्मेवारी हो, तर सरकारले त्यसबाट विमुख भएको छ’, राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै पहारीले भने, ‘तर हामीलाई त्यसमा कुनै आपत्ति छैन, किनभने केपी ओली जनताका नेता हुन्, उहाँको सुरक्षा जनताले  गर्छन्।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : १६ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि