सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने  « Khabarhub

सरकारले प्रहरी फिर्ता लगेपछि ओलीको सुरक्षा भूपू सैनिक, प्रहरी र युवा संघले गर्ने 


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रहरी फिर्ता लगेसँगै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाको जिम्मा अब राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने भएका छन्।

एमाले नेता राजीव पहारीका अनुसार सरकारले सुरक्षाकर्मी फिर्ता बोलाएपछि ओलीको सुरक्षा जनस्तरबाट सुनिश्चित गर्ने निर्णय गरिएको हो। उनले भने, ‘अब जनताको नेताको सुरक्षा जनताले नै लिने छन्।’

सरकारले मापदण्ड विपरीत भन्दै ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता बोलाएको थियो। 

त्यसपछि एमालेका भातृ संगठन र शुभेच्छुक संस्थाहरूले ओलीको सुरक्षा आफ्नै व्यवस्थापनमा गर्ने तयारी थालेका हुन्।

‘पूर्व प्रधानमन्त्री मुलुकका महत्त्वपूर्ण व्यक्तित्व हुन्। यस्तो व्यक्तित्वको सुरक्षा गर्नु राज्यको जिम्मेवारी हो, तर सरकारले त्यसबाट विमुख भएको छ’, राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै पहारीले भने, ‘तर हामीलाई त्यसमा कुनै आपत्ति छैन, किनभने केपी ओली जनताका नेता हुन्, उहाँको सुरक्षा जनताले  गर्छन्।’

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : १६ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक