केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग « Khabarhub

केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दर्ता भएको छ ।

युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत् दर्ता गराएको जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगर प्रमुख साह, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्की, निमित्त प्रमुख डीआईजी ओम राना, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसएसपी विश्वराज अधिकारी, हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवार ठहर गरिएको छ ।

जाहेरवाला पौडेलका अनुसार जेन–जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमाथि तत्कालीन सरकारले गरेको दमनका कारण जनधनको ठूलो क्षति भएको थियो ।

उनले आरोपित १३ जनालाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २६ (ज्यान लिन नहुने) र दफा १७७ (ज्यानसम्बन्धी कसुर) अनुसार अनुसन्धान अगाडि बढाउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ३१ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि