केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग « Khabarhub

केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दर्ता भएको छ ।

युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत् दर्ता गराएको जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगर प्रमुख साह, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्की, निमित्त प्रमुख डीआईजी ओम राना, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसएसपी विश्वराज अधिकारी, हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङ, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीलाई जिम्मेवार ठहर गरिएको छ ।

जाहेरवाला पौडेलका अनुसार जेन–जी पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमाथि तत्कालीन सरकारले गरेको दमनका कारण जनधनको ठूलो क्षति भएको थियो ।

उनले आरोपित १३ जनालाई तत्काल पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २६ (ज्यान लिन नहुने) र दफा १७७ (ज्यानसम्बन्धी कसुर) अनुसार अनुसन्धान अगाडि बढाउन पनि माग गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ३१ बजे

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६