राप्रपा प्रवक्ता शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे राष्ट्रिय एजेन्डा « Khabarhub

राप्रपा प्रवक्ता शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे राष्ट्रिय एजेन्डा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष आठ बुँदे राष्ट्रिय एजेन्डा पेश गरेका छन् ।

राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय एकताको उद्देश्यसहित उनले संवैधानिक तथा संरचनात्मक सुधारका माग राखेका हुन् ।

शाहीले यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन राष्ट्रपति र प्रधानमन्त्रीको सक्रिय पहलकदमी आवश्यक रहेको बताएका छन् । उनले संरचनागत सुधार र संवैधानिक संशोधनबिना हुने कुनै पनि निर्वाचनले देशको दिशामा तात्विक परिवर्तन ल्याउन नसक्ने बताएका छन् ।

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री — बलियो नेतृत्व र स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहस सुरु गरी संवैधानिक सुधारको पहल गर्नुपर्ने ।

२. प्रदेश संरचना खारेज — राज्यको खर्च घटाउन र छिटो सेवा प्रवाह सुनिश्चित गर्न वर्तमान प्रदेश संरचना खारेज गरी संघीयता केन्द्र र बलियो स्थानीय तहमा मात्र सीमित गर्न अध्ययन र सहमति जुटाउनुपर्ने ।

३. गैरदलीय स्थानीय तह — स्थानीय तहमा विकास र सेवा प्रवाहलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन गैरदलीय (राजनीतिमुक्त) स्थानीय शासन प्रणाली लागू गर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द — निष्पक्षता र मर्यादा कायम राख्न संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डा रोक्दै योग्यताका आधारमा मात्र नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने ।

५. राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापना — विभाजित समाजलाई जोड्ने अभिभावकीय स्वरूपको निष्पक्ष राष्ट्रिय संस्था (राजसंस्था) पुनःस्थापना गरी राष्ट्रिय एकता र सद्भाव प्रवर्द्धन गर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन — भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न सक्ने, दोषीमाथि कठोरतम कारबाही गर्न सक्षम कानूनी ढाँचा निर्माण गर्नुपर्ने ।

७. प्रतिनिधिसभा उम्मेदवारको उमेर सीमा घटाउने — प्रतिनिधिसभाको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर २५ वर्षबाट घटाएर १८ वर्ष पुर्‍याउनुपर्ने । शाहीले भनेका छन्, ‘जब नागरिकले १८ वर्षमा भोट हाल्न सक्छ, तब उसले देश चलाउने जिम्मेवारी पनि लिन सक्छ ।’

८. अनलाइन मतदान प्रणाली — नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई निर्वाचनमा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणाली लागू गर्नुपर्ने ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ५७ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा