राप्रपा प्रवक्ता शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे राष्ट्रिय एजेन्डा « Khabarhub

राप्रपा प्रवक्ता शाहीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाए आठ बुँदे राष्ट्रिय एजेन्डा


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष आठ बुँदे राष्ट्रिय एजेन्डा पेश गरेका छन् ।

राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय एकताको उद्देश्यसहित उनले संवैधानिक तथा संरचनात्मक सुधारका माग राखेका हुन् ।

शाहीले यी बुँदाहरूमा राष्ट्रिय सहमति जुटाउन राष्ट्रपति र प्रधानमन्त्रीको सक्रिय पहलकदमी आवश्यक रहेको बताएका छन् । उनले संरचनागत सुधार र संवैधानिक संशोधनबिना हुने कुनै पनि निर्वाचनले देशको दिशामा तात्विक परिवर्तन ल्याउन नसक्ने बताएका छन् ।

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री — बलियो नेतृत्व र स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय बहस सुरु गरी संवैधानिक सुधारको पहल गर्नुपर्ने ।

२. प्रदेश संरचना खारेज — राज्यको खर्च घटाउन र छिटो सेवा प्रवाह सुनिश्चित गर्न वर्तमान प्रदेश संरचना खारेज गरी संघीयता केन्द्र र बलियो स्थानीय तहमा मात्र सीमित गर्न अध्ययन र सहमति जुटाउनुपर्ने ।

३. गैरदलीय स्थानीय तह — स्थानीय तहमा विकास र सेवा प्रवाहलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन गैरदलीय (राजनीतिमुक्त) स्थानीय शासन प्रणाली लागू गर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द — निष्पक्षता र मर्यादा कायम राख्न संवैधानिक निकायहरूमा राजनीतिक भागबन्डा रोक्दै योग्यताका आधारमा मात्र नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने ।

५. राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था स्थापना — विभाजित समाजलाई जोड्ने अभिभावकीय स्वरूपको निष्पक्ष राष्ट्रिय संस्था (राजसंस्था) पुनःस्थापना गरी राष्ट्रिय एकता र सद्भाव प्रवर्द्धन गर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन — भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न सक्ने, दोषीमाथि कठोरतम कारबाही गर्न सक्षम कानूनी ढाँचा निर्माण गर्नुपर्ने ।

७. प्रतिनिधिसभा उम्मेदवारको उमेर सीमा घटाउने — प्रतिनिधिसभाको उम्मेदवार बन्नको लागि न्यूनतम उमेर २५ वर्षबाट घटाएर १८ वर्ष पुर्‍याउनुपर्ने । शाहीले भनेका छन्, ‘जब नागरिकले १८ वर्षमा भोट हाल्न सक्छ, तब उसले देश चलाउने जिम्मेवारी पनि लिन सक्छ ।’

८. अनलाइन मतदान प्रणाली — नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई निर्वाचनमा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणाली लागू गर्नुपर्ने ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ५७ बजे

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन भोलि भेट्दै 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र

खोटाङ– महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राईले सञ्चालन गरेको

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट

एजेन्सी– इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव

काठमाडौं-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण