लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह « Khabarhub

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिएका हुन् ।

राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आमनागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै एकजुट भएर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै राजनीतिक दलहरूमा कुनै द्विविधा वा अस्पष्टता भए बैठकमा राख्न आग्रह गरे । उनले निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालिए ‘देश कहाँ पुग्छ ?’ भन्ने सोच्न पनि सबैलाई आग्रह गरे । सबै राजनीतिक पार्टीले अन्योल सृजना नगरी जेनजी समूहको माग पूरा गर्ने उद्देश्यसहित जनतामाझ जान उनले अनुरोध गरे ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको र शान्ति सुरक्षा व्यवस्था, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारसमक्ष आग्रह गरे ।

प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार जानकार रहेको बताउँदै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ भनिन् । उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।”

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ८ : ४२ बजे

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार

६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन

काठमाडौं – महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार