एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट « Khabarhub

एमाले सचिवालय बैठक : नेतृत्व परिवर्तन महाधिवेशनबाट


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ५८औँ सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा महाधिवेशन छिट्टै गर्ने बारेमा छलफल भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै ज्ञवालीले भने, “पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्ने कुरा उठेका छन्, ती सबै कुरालाई पार्टीको महाधिवेशन गर्नेछ ।”

पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नु पर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि बढाएर जाने बैठकले निष्कर्ष निकालेको उनले बताए । बैठकमा भदौ २३ र २४ को जेनजी आन्दोलनबारे सविस्तार समीक्षा गरिएको नेता ज्ञवालीले जानकारी दिए ।

उनले भने, “भदौ २३ गते जेनजी युवाहरूले राखेका आवाज स्वाभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौँ, सुशासन र भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण हुन्छ भन्नुभएको थियो तर त्यसो भएन ।”

सरकारले राष्ट्रिय एकता कायम गर्नुपर्ने, दललाई निषेध नगरी एकता बनाएर जानु पर्ने र सिँगो देशलाई एक ठाउँमा उभ्याएर एकताको वातावरण सृजना गर्नुपर्ने उनले बताए । बैठक भोलि शनिबार पुनः बस्नेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ४० बजे

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो