ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि ह्वाइट हाउसले भन्यो : शान्तिमाथिको गम्भीर राजनीति « Khabarhub

ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि ह्वाइट हाउसले भन्यो : शान्तिमाथिको गम्भीर राजनीति


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले नर्वेको नोबेल समितिको आलोचना गरेको छ ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, “नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ ।

चेउङले भने “राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुहुनेछ, युद्ध अन्त्य गर्नुहुनेछ र मानिसको ज्यान बचाउन् हुनेछ। उहाँसँग मानवतावादीको हृदय छ, र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो इच्छाको बलमा ‘समस्याका पहाड’हरू हटाउन सक्छ।”

जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले बारम्बार उनी धेरै द्वन्द्वहरू समाधान गर्ने भूमिकाका लागि नोबेल पुरस्कारको हकदार भएको बताउँदै आउनुभएको थियो ।

ट्रम्पले शान्ति पुरस्कारको घोषणाको पूर्वसन्ध्यामा आफुलाई पुरस्कारको हकदारको रूपमा दावी गरेका थिए । उनले यही हप्ता गाजामा युद्धविरामको पहिलो चरणको मध्यस्थता उनले समाप्त गरेको आठौं युद्ध थियो।

उनले बिहीबार भने, “उनीहरूले जे गरे पनि ठीक छ। मलाई यो थाहा छः मैले यो पुरस्कारका लागि मात्र गरेको होइन। मैले धेरै जीवन बचाएको छु।”

ओस्लोमा नोबेल पुरस्कार विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको बताएका र पुरस्कारका लागि उहाँलाई कुनै अवसर नभएको बताएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ५४ बजे

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत