तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र | Khabarhub Khabarhub

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिए ।

आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप २०९० साल सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस– १, २, ३, ४ र साविकको बन्दीपुर गाविस– १, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२–७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०–८१ मा ० दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान, १ दशमलब ६ किलोमिटर कालोपत्र र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९–०८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलब ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।

आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ एक करोड पाँच लाख बजेट विनियोजन भएकामा ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ ११ करोड ७७ लाख विनियोजन भएकामा चार करोड ७४ लाख खर्च भएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि ६ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि २०७४ साल पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । २०७७ साल पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ । (रासस)

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ५५ बजे

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा