प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे « Khabarhub

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ ।

गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा इस्मामा बहुप्राविधिक शिक्षालयको स्थापना गरिएको थियो ।

शिक्षालयमा तीन वर्षको लागि ६ सेमेस्टरमा डिप्लोमा इन जियोमेटिक्स इञ्जीनियरिङ विषयको अध्ययन हुने गर्दछ । उक्त कोर्ष अध्ययनपश्चात अमिनतर्फ सर्वेक्षक पदका लागि योग्य जनशक्ति तयार हुनेछ । तर न्यून विद्यार्थी सङ्ख्याकाबीच पनि शिक्षालय सञ्चालन भइरहेको छ । शिक्षालयमा प्रत्येक सेमेस्टरका लागि ४८ जनाको कोटा निर्धारण गरिएको छ । तर हालको विद्यार्थी सङ्ख्या हेर्दा आधाभन्दा पनि कम विद्यार्थी छन् ।

२०७६ सालमा स्थापना भए पनि ०७७ सालको शैक्षिक सत्रबाट शिक्षालयमा भर्ना खुलेको थियो । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेका अनुसार भर्ना खुलेको वर्ष २०७७ मा १८, ७८ मा १३, २०७९ सालमा १५ जना विद्यार्थी भर्ना भए । २०८० मा भने दुईजना मात्रै भर्ना हुन आएपछि शिक्षालयले उक्त सेमेस्टरको पठनपाठन नै बन्द ग¥र्यो ।

यसपछि २०८१ सालमा १२ एवं २०८२ सालको हालसम्म सातजना विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्रको भर्ना कार्यक्रम भने चलिरहेको छ । शिक्षालयमा हालसम्म ६ वर्षको अवधिमा दुई सय ८८ विद्यार्थी भर्ना गर्ने कोटा निर्धारण भए पनि हाल ६५ जना अर्थात कुल क्षमताको २३ प्रतिशत विद्यार्थी मात्रै भर्ना भएका छन् । शिक्षालयमा भर्ना भएपछि २०७७, ७८, ७९ र ८१ को शैक्षिक सत्रमा भर्ना भएकामध्ये पनि १८ जनाले बीचमै अध्ययन छोडेका छन् ।

इस्मामा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्नका लागि सिटिइभिटीले एकजना अधिकृतस्तरको प्रशिक्षक, दुई जना सहायक प्रशिक्षक, प्रशासन, लेखा, स्टोर र कार्यालय सहयोगी गरी सातजना कर्मचारीको व्यवस्था गरेको छ ।

गुल्मीका साथसाथै हुम्ला, जुम्ला, मुगु, बाजुरा, जाजरकोट, रुकुम पश्चिम लगायतका ठाउँबाट विद्यार्थी अध्ययनका लागि गुल्मीको शिक्षालय आएका छन् । शिक्षालय प्रमुख प्रदीपराज पौडेलले बिना पूर्वाधार सरकारले भर्ना खोल्दा विद्यार्थी सङ्ख्या कम भएको बताए । उनले शिक्षालय स्थापना भएको छ वर्षसम्म पनि सामान्य पूर्वाधारसमेत नबन्नु दुखद् भएको बताए ।

अहिले पनि अधिकाशं विद्यार्थी कच्ची घरमा महँगो भाडा तिरेर बस्न बाध्य छन् । इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले विद्यार्थी सङ्ख्या वृद्धि गर्नको लागि जुनसुकै ठाउँबाट आएका विद्यार्थीलाई पनि निःशुल्क अध्ययनको व्यवस्था गरेको बताए ।

पालिकाको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रममा समावेश गरी प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको उनको भनाइ छ । साथै अहिले सङ्घीय सरकारबाट पूर्वाधार निर्माणको लागि तीन करोड बजेट विनियोजन भएको पनि उनले बताए । (रासस)

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : १६ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली