राजस्व बक्यौता उठाउन ग्राहकलाई ‘एसएमएस’ « Khabarhub

राजस्व बक्यौता उठाउन ग्राहकलाई ‘एसएमएस’


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट १ अर्ब ५४ करोड ५४ लाख ५ हजार बढी राजस्व संकलन हुन बाँकी रहेको हो ।
 
कार्यालय सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार बक्यौता उठ्न बाँकी रहेका ग्राहकहरूको बक्यौता उठानका लागि कार्यालयले सबै ग्राहकलाई एसएमएस गरेर जानकारी गराइसकेको छ । 

उनले भने, “बक्यौता उठाउनका लागि म्यासेज पठाउने काम गरेका छौँ । ग्राहकहरू आउनुहुनेछ भन्ने विश्वास छ ।” 

कर संकलनका लागि कार्यालयले करदाता शिक्षा, घरदैलो कार्यक्रम, पालिका र वडाअनुसार करदाताको सूची तयार गरेर पत्राचार गर्ने, संकलन भ्रमण गर्ने लगायतका कामहरू गरिएको उनले बताए। बक्यौता रकम तिर्न बाँकी रहेका ग्राहकमध्ये २२ जनाको बैंक खाता रोक्का गरिएकामा दुई जनाले कर तिरेर खाता फुकुवा गरेको छन् ।
 
यस कार्यालयले असोज मसान्तसम्म रु ५ अर्ब ५१ करोड ३५ लाख ३४ हजार राजस्व संकलन गरेको छ । राजस्व विभागले तोकेको लक्ष्यको ९७ दशमलव ४७ प्रतिशत राजस्व उठाउन सफल भएको उनले बताए। उनका अनुसार विभागले रु ५ अर्ब ६५ करोड ६५ लाख ५३ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । 

जेनजी आन्दोलनमा जलेको कार्यालयले भदौ २९ गतेदेखि सेवा दिन सुरु गरेको छ । यस कार्यालयमा ७२ हजार बढी करदाता रहेको उनले बताए ।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ०१ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष