मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने « Khabarhub

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात होटलबाट मुख्यमन्त्री बनाएको प्रकरणमा त्यहाँस्थित सात दल सर्वोच्च अदालत जाने भएका छन् ।

संविधानको धारा १६८को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै सात राजनीतिक दलहरूले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका हुन् ।

सोमबार बिहान बसेको सात राजनीतिक दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री बनाएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।

यादवले ७ दलका ७४ प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित सर्वोच्च जान लागिएको बताएका छन् ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभामा बहुमत लिन नसक्दा आइतबार राजीनामा दिए । उनले विश्वासको मत नमागी २५ दिनमै राजीनामा दिए ।

आइतबार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन अघि बढाउन माग गरेका थिए ।

तर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै बर्दिबासको पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

उनले यादवलाई शपथसमेत त्यही होटलमा खुवाएपछि विरोध सुरू भएको थियो । एउटा समूहले जनकपुरधामस्थित मधेश प्रदेशको कार्यालय पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १ : ०२ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा