१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो « Khabarhub

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती ९ दिनको व्यापार ३ करोड ७१ लाख नाघेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्म हेर्नका लागि शनिबारसम्म एक लाख २८ हजार ६८९ वटा टिकट बिक्री भएको छ । यति टिकट ब्रिकी हुँदा यसको ग्रस कलेक्सन तीन करोड ६१ लाख ३६ हजार पुगेको छ ।

सकारात्क वर्ड अफ माउथका साथ चलिरहेको यस फिल्मको व्यापार न्यून देखिएको छ ।

प्रदर्शनको सुरुवाती तीन दिनमा यो फिल्मको अकुपेन्सी न्यून थियो । पहिलो सोमबारबाट यो फिल्मले पिकअप लिएको हो । मंगलबार-बिहीबारसम्म हलहरुले टिकट आधामा बेच्ने भएकाले यसको ग्रस कलेक्सन न्यून देखिएको हो ।

अर्थात्, फिल्मले राम्रो ओपनिङ गर्न नसकेको असर ग्रस कलेक्सनमा देखिएको हो । राम्रो ओपनिङ गर्ने सकेको फिल्मको यति टिकट बिक्री हुँदा ग्रस कलेक्सन योभन्दा बढी भएको विगत पाइन्छ ।

कात्तिक २१ बाट शुक्रबारबाट नायक दयाहाङ राई र नायिक मिरुना मगर स्टारर फिल्म ‘जारी २’ प्रदर्शनमा आएपछि यो फिल्मको व्यापारलाई थप असर गरेको छ ।

‘जारी २’को उत्कृष्ट बुकिङले ‘परान’को शो संख्यामा कमी आएको छ ।

तथापि, दोस्रो साता पनि दोस्रो साता पनि ‘परान’को अकुपेन्सी उच्च नै छ ।

यस फिल्मको कथा र निर्देशन दीपक आचार्य ‘काकु’को हो । पटकथा यम थापाले लेखेका हुन् । फिल्ममा नायकहरु प्रवीण खतिवडा, नायक महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जाना बराइली मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : १९ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै