सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव  « Khabarhub

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले नारावाजी गरेका छन्।

चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् । गर्भवती संगीताको २० गते नै गर्भमा बच्चाको मृत्यु भएको भएपनि अस्पतालका चिकित्सकले समयमा नै बच्चा ननिकालिदिँदा आमाको मृत्यु भएको आफन्तहरूको आरोप छ । 

उनीहरूले संगीताको शव बुझ्न नमानेर मृत्युको कारण पत्ता लगाई चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । पीडित परिवारले हिजो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र समेत दिएका थिए ।

 तर, पीडितलाई बेवास्ता गरेको भन्दै बिहान केहीबेर नाराबाजी पछि प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका छन् । शनिबार राति गर्भवतीको मृत्यु भएपछि धारणा सार्वजनिक नगरेको भरतपुर अस्पतालले  विज्ञप्ति निकालेर पेटमा बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधिको व्यथा लगाई सामान्य प्रसूति गराउने क्रममा मृत्यु भएको बताएका छन् ।

शनिबार रातिसम्म उनको गर्भमा बच्चाको मृत्यु भएको ४८ घण्टा भइसकेको थियो । अस्पतालका प्रवक्ता रामप्रसाद सापकोटाले विज्ञप्तिमा पाठेघरको मुख ५ घर खुलिसकेको अवस्थामा अचानक बेहोस भएपछि कार्डियो पल्मोनरी रिससीटेसन गरेर उपचार गर्दा मुटु र फोक्सो जोड्ने रगतको नसामा रगतको डल्लाले थुनेको कारण मुटुले रगत पम्प गर्न नपाएर मृत्यु भएको जनाएका छन् ।

साढे दुई घण्टासम्म बचाउने प्रयास गर्दा पनि नसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तर, कालिका नगर अस्पतालले बच्चा जीवित हुँदै आकस्मिक भनेर अस्पताल रेफर गर्दा पनि शल्यक्रिया गरेर बच्चा बाहिर ननिकालेका कारण उनको गर्भको बच्चाको मृत्यु भएको र सोही कारणले गर्भवतीको समेत मृत्यु भएको बिरामीको परिवारको दाबी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ५० बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा