बागलुङमा थपिए ६३१ मतदाता « Khabarhub

बागलुङमा थपिए ६३१ मतदाता


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार बागलुङमा मतदाता नामावली संकलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ । 

कार्यालयले मतदाता नामावली संकलन, ठाउँसरी र त्रुटि सञ्चाउने कार्य कार्यालयबाट दैनिक रूपमा गरिरहेको छ । निर्वाचन आयोगको निर्देशनअनुसार असोज ९ गतेपछि अनलाइन र कार्यालय दुवै स्थानबाट ठाउँसरी र त्रुटि सञ्चाउने काम भइरहेको छ भने कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । 

निर्वाचनको मिति घोषणा भएको असोजको ९ गतेपछि अहिलेसम्म बागलुङ जिल्लामा ६३१ मतदाता नामावली संकलन गरिएको ३१६ जनाको ठाउँसरी गरिएको र ५१ जनाको त्रुटि सच्चाइएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । 

जिल्ला निर्वाचन कार्यालयलाई कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम गर्नु भनी आएको परिपत्रअनुसार दैनिक नयाँ मतदाता नामावली दर्ता र अद्यावधिकको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख तथा निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए । उनले नयाँ नामावली दर्ता, ठाउँसारी र त्रुटि सच्चाउने काम जिल्ला निर्वाचन कार्यालय बागलुङबाट भइरहेको बताए। 

उनले नेपालका जुनसुकै निर्वाचन कार्यालयबाट नामावली संकलनको काम गर्न सकिने बताउँदै बागलुङ जिल्ला ठेगाना भएकाले यही निर्वाचन कार्यालय आउनुपर्छ भन्ने नरहेको बताए। 

ठाउँसरीका लागि भने बसाइसराइँ दर्ता प्रमाणपत्र अथवा विवाह दर्ताको प्रमाण अनिवार्य रहेको बताए। यस्तै नागरिकता नम्बर सच्चाउने, नाम, बाबु आमाको नाम तथा निर्वाचनस्थललगायत त्रुटिसमेत सच्चाउनै कार्य भइरहेको बताए।

नयाँ नामावली दर्ताका लागि अनलाइन फारम भरेर जैविक विवरण बुझाउन भने कार्यालयमै आउनुपर्ने रिजालको भनाइ छ । अहिले जिल्लाको इलाका प्रशासन कार्यालय र स्थानीय तहबाट नामावली दर्ता तथा अद्यावधिकको काम नभएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता र ठाउँ सरी गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ । 

पालिका र इलाकामा नामावली दर्ताको सम्भावना हाललाई नभएको आयोगको भनाइ छ । जनशक्ति, बजेट तथा निर्वाचन तालिकाअनुसार जिल्ला निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलनको व्यवस्था मिलाइएको छ । बागलुङमा पछिल्लो अद्यावधिक मतदाता नामावली अनुसार बागलुङमा एक लाख ७९ हजार १७३ मतदाता रहेका छन् । जसमध्ये महिला ९७ हजार ३४ जना र पुरुष ९२ हजार १३९ जना रहेका छन् । 

जिल्लामा १०६ मतदान स्थल रहेका छन् भने मतदाताको सङ्ख्याका आधारमा केन्द्र व्यवस्थापन गरिनेछ । कात्तिक ३० गतेसम्म जिल्लामा मतदाताको सङ्ख्या केही मात्रमा बढ्ने देखिएको छ । 
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ०५ बजे

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा